Opening Hours : Sunday to Friday- 11am to 5pm

EMAIL

nationalentcentre@gmail.com

Call Now

01-5917188

कोरोनाको दोस्रो लहरः रुघाखोकी लाग्दैमा कोरोना संक्रमणको भय नपाल्नुस

    • Home
    • Uncategorized
    • कोरोनाको दोस्रो लहरः रुघाखोकी लाग्दैमा कोरोना संक्रमणको भय नपाल्नुस
Dr jayendra pradhananga National ENT Centre
10 Oct
0

कोरोना भाइरसको संक्रमणको दोस्रो चरणको लहर नेपालमा पनि सुरु भइसकेको छ । बेलायतमा देखिएको कोरोनाको न्यू भेरिएन्ट र भारतमा देखिएको डबल म्यूटेन्टपनि नेपाल प्रवेश गरिसकेको अवस्थामा हामी सबै सचेत हुनु आवश्यक छ । 

चिनबाट सुरु भएर मध्यपूर्वी मुलुक हुँदै युरोप, अमेरिका, भारत हुँदै नेपालमा पनि महामारीको रुपमा फैलिएको कोरोना महामारीको अब नयाँ स्वरुपहरु देखिँदै छ । जुन चिन्ताजनक विषय हो । कारण सुरुदेखि नै कोरोना भाइरसबारे वैज्ञानिकहरुले यकिन भन्न नसकेको अवस्थामा हालसम्म पनि कोरोनाको यस्तै लक्षण र यहि नै हो भनेर भन्न सक्ने अवस्था छैन ।

त्यसकारण यस महामारीबाट जोगिन हामीले सावधानी अपनाउनु नै उत्तम उपाय र विकल्प हो । कोरोना भाइरबाट बच्नका लागि विभिन्न उपायहरु अपनाउनु पर्छ तर, आत्तिनु भने हुँदैन । जाडो मौसम सकेर गर्मी लाग्ने र फेरि मौसम परिवर्तन भएसँगै रुघाखोकीका लक्षणहरु देखिने गर्छ । अहिलेको अवस्था पनि उस्तै छ । तर यी लक्षण देखिँदैमा कोरोना नै हो भन्ने भय मनमा पाल्नु हुँदैन ।  

नेपालमा साधारणतया जाडोयाम सकिएपछि चैत वैशाखतिर र बर्खा सकिएर भदौ, असोजतिर रुघाखोकीको संक्रमण बढ्ने गरेको देखिन्छ । रुघाखोकी भन्नाले साधारण रुघाखोकी, फ्लु, मौसमी एलर्जी जस्ता रोगहरु बुझ्नुपर्छ । 

साधारण रुघाखोकी (Common Cold) 

यो रोग राइनोभाइरस (Rhinovirus), आरएसभी (RSV), एड्नो भाइरस (Adenovirus) लगायतका २ सय प्रजातिका भाइरसको कारणले लाग्ने गर्छ ।

यसका लक्षणहरुः 

  • नाक बन्द हुने, नाकबाट पानी बग्ने 
  • हाच्छ्यूँ आउने 
  • हल्का खोकी लाग्ने 
  • घाँटी दुख्ने 
  • गन्ध वा स्वाद हराउने

फ्लू (Flu) 

यो रोग ईन्फ्लुएन्जा (Influenza) भाइरसको कारणले हुने गर्छ । 

यसका लक्षणहरु : 

  • ज्वारो आउने, 
  • सुख्खा खोकी लाग्ने, 
  • घाँटी खसखस हुने 
  • टाउको दुख्ने
  • जाडो महसुस हुने 
  • मांशापेशी दुख्ने 
  • थकान महसुस हुने  

मौसमी एलर्जी (Seasonal Allergies) 

मौसम परिवर्तनसँगै बिरुवा, रुख, घाँसपात परिवर्तन हुँदा हावामा एलर्जिक तत्त्व (Allergen) र पराग कण (Pollen) फैलिने कारणले यो रोग लाग्छ । 

यसका लक्षणहरुः  

  • नाक, कान, घाँटी चिलाउने 
  • नाकबाट पानी बग्ने 
  • हाँच्छ्यूँ आउने 
  • घाँटी खसखस हुने, खोकी लाग्ने, 
  • आँखा रसाउने 
  • श्वास फेर्न गाह्रो हुने  

कोरोना संक्रमण (nCovid-19): 

यो nSARS-CoV भाईरसको कारणले लाग्ने गर्छ । 

यसका लक्षणहरुः    

  • ज्वरो आउने 
  • मांसापेशी दुख्ने 
  • थकान महसुस हुने 
  • गन्ध वा स्वाद हराउने 
  • स्वास फेर्न अप्ठेरो हुने 
  • पखला लाग्न सक्ने 

कोरोना संक्रमण र रुघाखोकीका लक्षणहरु मिल्दा जुल्दा भएका कारण अहिलेको महामारीको अवस्थामा विशेष ध्यान दिनुपर्छ ।   

कसरी बच्ने र बचाउने :

  • मास्क लगाउने 
  • खोक्दा, हाच्छ्यूँ गर्दा सफा कपडाले वा रुमालले मुख छोप्ने  
  • बेला बेलामा साबुन पानीले हात धुने वा स्यानिटाईजरको प्रयोग गर्ने 
  • चिसो, धुलो, धुवाँबाट बच्ने 
  • हात मिलाउने, अङ्कमाल गर्ने जस्ता काम नगर्ने  
  • भीडभाड भएको ठाउँमा नजाने
  • रुघाखोकी लागेका मानिसबाट ५ देखि ६ फिटको दरी कायम गर्ने  

घरेलु उपचार : 

  • मनतातो पानी प्रसस्त मात्रामा पिउने 
  • कागती, मह, अदुवा राखेर तातो पानी पिउने 
  • पोषिलो खानेकुरा खाने 
  • जति सक्यो धेरै आराम गर्ने 
  • तातो पानीको बाफ लिने 
  • नुन पानीले घाँटी कुल्ला गर्ने  

औषधिको प्रयोग: 

रुघाखोकी, भाइरल इनफेक्सन भएकाले अनावश्यक रुपमा एन्टीबायोटिकको सेवन गर्नु हुँदैन  । ज्वरो, टाउको दुखाई, घाँटी दुखाईको लागि पारासिटामोलको मात्रै प्रयोग गर्ने । नाकबाट पानी बग्ने, घाँटी खसखस हुने, हाच्छ्यूँ आउने भएमा Antihistamine समुहको औषधि प्रयोग गर्ने । भिटामिन सी को सेवन गर्ने ।  

खोप: 

रुघाखोकी विरुद्ध वर्षको एक पटक फ्लू भ्याक्सिन लगाउँदा राम्रो हुन्छ । खोप लगाएपछि रुघाखोकी लाग्दैन भन्ने होईन तर यसले निम्त्याउने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ । ६५ वर्षभन्दा माथिका वा दीर्घ रोगीको लागी रुघाखोकी, फ्लू जटिल हुनसक्ने भएकाले PPSV-23 Pneumo नामको खोप लगाउनु उचित हुन्छ ।  

माथि उल्लेख गरिएका लक्षणहरु केही दिनमा सुधार भएनन् वा झन् जटिल हुँदै गएमा वा स्वास फेर्न गाह्रो भएमा तुरुन्त चिकित्सकसँग परार्मश लिनुपर्छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *